Press Releases 2022

गुरु ट्राभल्स लिमिटेड तथा महालक्ष्मी विकास बैंक बीच व्यवसायिक सहकार्य सहमति

September 04, 2025

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालका बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमा स्थापित महालक्ष्मी विकास बैंक लिमिटेडबीच व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकका रिलेशनशिप म्यानेजर (मार्केटिङ तथा कर्पोरेट कम्युनिकेशन विभाग) श्री विष्णु प्रसाद भट्टराई तथा गुरु ट्राभल्स लिमिटेडका सेल्स हेड श्री सुमन काफ्ले बीच हस्ताक्षरित समझदारीपत्र आज आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो ।

सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई चाडपर्व लक्षित गरी बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सक्ने EMI सुविधा उपलब्ध गराउनेछ । यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो खरिद गरेको टुर प्याकेजको रकमलाई ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, यसरी EMI मा रुपान्तरण गर्दा बैंकले EMI Processing शुल्क नलिने व्यवस्था गरिएको छ ।

सम्झौतामा बैंकका ग्राहक तथा कर्मचारीहरुले गुरु ट्राभल्समार्फत विभिन्न ट्राभल प्याकेजहरुमा रु.१०,०००|०० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विशेष छुट र आकर्षक अफर प्राप्त गर्ने, साथै गुरु ट्राभल्सका ग्राहकहरुले बैंकमार्फत उपलब्ध हुने ट्राभल कार्ड तथा डलर कार्डमा छुट पाउने व्यवस्था पनि समेटिएको छ । साथै, दुवै संस्थाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका गतिविधिहरुमा आपसी सहकार्य गर्ने सहमति गरेका छन् ।

कार्यक्रममा महालक्ष्मी विकास बैंकका रिलेशनशिप म्यानेजर (मार्केटिङ तथा कर्पोरेट कम्युनिकेशन विभाग) श्री विष्णु प्रसाद भट्टराईले यो सहकार्यमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै, “गुरु ट्राभल्स लिमिटेडसँग भएको व्यावसायिक सहकार्यले बैंकका ग्राहकहरुलाई थप सहज, सुरक्षित तथा गुणस्तरीय सेवा उपलब्ध गराउनेछ, साथै पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,” भन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, गुरु ट्राभल्स लिमिटेडका सेल्स हेड श्री सुमन काफ्लेले यस समझदारीले नेपालमा पर्यटन प्याकेजलाई EMI मार्फत सहज रुपमा पहुँचयोग्य बनाउन मद्दत गर्ने, ग्राहकलाई किफायती तथा आकर्षक यात्रा सुविधा दिने र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने बताए ।

                                                                            धन्यवाद ।

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022