Press Releases 2022

१२ औं कृति अवार्ड (२०७९) इभेन्टमा आधिकारिक ट्राभल पार्टनर नियुक्त गर्नेसम्बन्धी

September 02, 2022

पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स लिमिटेड तथा नेपालका विज्ञापन एजेन्सीहरूको छाता संगठन, नेपाल विज्ञापन संघबीच आगामी भाद्र २५ मा काठमाडौंमा आयोजना हुन लागेको गोल्डेन ओक १२ औं कृति अवार्ड (२०७९) इभेन्टमा आधिकारिक ट्राभल पार्टनर नियुक्त गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

भाद्र १६ साँझ होटल याक एण्ड यतिमा आयोजित ३१ विधाकै उत्कृष्ट विज्ञापन मनोनयन घोषणा तथा समझदारी हस्ताक्षरसम्बन्धी कार्यक्रममा नेपाल विज्ञापन संघको तर्फबाट संस्थाका वरिष्ठ उपाध्यक्ष श्री नारायण कुमार श्रेष्ठ तथा गुरु ट्राभल्स लिमिटेडको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलले सो सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा विभिन्न विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उपस्थिति रहेको थियो ।

सहमतिबमोजिम गुरु ट्राभल्स लिमिटेडले नेपाल विज्ञापन संघ तथा संघका सदस्यहरुको प्रयोजनमा ट्राभल्स सेवामा विभिन्न छुटसुविधाहरु समेत उपलब्ध गराउने छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेल तथा नेपाल विज्ञापन संघका वरिष्ठ उपाध्यक्ष श्री नारायण कुमार श्रेष्ठले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग सहकार्य कायम रहने विश्वास रहेको बताउनुभयो ।

गुरु ट्राभल्स लिमिटेड

दरबारमार्ग, काठमाडौं

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022