Press Releases 2022

नेपालको दन्तचिकित्सा सेवा तथा दन्तविज्ञान शिक्षा क्षेत्रमा विगत लामो समयबाट सक्रिय सेवाप्रवाहमा समर्पित अस्पताल, हिमाल डेण्टल हस्पिटल तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर

August 15, 2023

नेपालको दन्तचिकित्सा सेवा तथा दन्तविज्ञान शिक्षा क्षेत्रमा विगत लामो समयबाट सक्रिय सेवाप्रवाहमा समर्पित अस्पताल, हिमाल डेण्टल हस्पिटल तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । हिमाल डेण्टल हस्पिटलका अध्यक्ष श्री राजेन्द्रप्रसाद भट्ट तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज अस्पतालमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो । 

सहमतिपत्रमा उल्लेख भए बमोजिम हिमाल डेण्टल हस्पिटललेका गुरु ट्राभल्स लिमिटेडका कर्मचारी, पदाधिकारी तथा ग्राहकहरुलाई प्याकेज्ड डेण्टल केयर सेवा सहुलियतदरमा प्रदान गर्ने र गुरु ट्राभल्स लिमिटेडले अस्पताल तथा संस्थासम्वद्ध कर्मचारीहरुलाई सुलभ दरमा ट्राभल्स सेवा प्रदान गर्ने जनाइएको छ । सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । 

अस्पतालमा आयोजित एक विशेष समारोहका बीच अस्पताल अध्यक्ष श्री भट्टले यो सहकार्यमा जोडिन पाउँदा खुसी  व्यक्त गर्नुभयो । गुरु ट्राभल्स लिमिटेडका साथमा व्यावसायिक ज्ञान तथा अनुभवले स्वास्थ्य पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिने समेत वहाँले अपेक्षा राख्नुभयो ।

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022