Press Releases 2022

गुरु ट्राभल्स लिमिटेड तथा वन विन्डो प्रा. लि. बीच व्यवसायिक सहकार्य सम्बन्धी समझदारी

July 27, 2026

काठमाडौं, २०८३ श्रावण ०७, नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड तथा एकीकृत सेवा प्रदायक संस्था वन विन्डो प्रा. लि. बीच व्यवसायिक सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौता अन्तर्गत वन विन्डो प्रा. लि. ले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा सरोकारवालाहरूलाई आफ्ना विभिन्न सेवाहरूमा अधिकतम १५% सम्म विशेष छुट उपलब्ध गराउनेछ।

सम्झौतामा वन विन्डो प्रा. लि. का ग्राहक तथा कर्मचारीहरुलाई गुरु ट्राभल्समार्फत विभिन्न ट्राभल प्याकेजहरुमा रु.१०,०००।०० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विशेष छुट र आकर्षक अफर प्राप्त गर्नेछन्। साथै, दुवै संस्थाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका गतिविधिहरुमा आपसी सहकार्य गर्ने सहमति समेत गरेका छन्।

कार्यक्रममा वन विन्डो प्रा. लि.का सहायक प्रबन्धक श्री निराजन फुयाल ले यस सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापना गर्दै ग्राहकलाई गुणस्तरीय, सहज तथा सुलभ सेवाहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, गुरु ट्राभल्स लिमिटेडका प्रबन्धक श्री अजय प्रजापति ले यस समझदारीले दुवै संस्थाका ग्राहक, कर्मचारी तथा सरोकारवालाहरूलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै सेवा विस्तार, व्यावसायिक सहकार्य तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

दुवै संस्थाले भविष्यमा ग्राहक केन्द्रित नवीन सेवाहरू विकास गर्दै दीर्घकालीन रणनीतिक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022

Google Google Review Facebook Facebook Review Tripadvisor Tripadvisor Review Trustpilot Trustpilot Review