Press Releases 2022

गुरु ट्राभल्स लिमिटेडको औपचारिक समुद्घाटन नेपाल सरकारका माननीय उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषालज्यू बाट आज सुसम्पन्न भएको

August 05, 2022

नेपालको पर्यटनलाई अझै सफल र सबल बनाउँदै पर्यटनको लाभ आम नेपालीसम्म पुर्याउने लक्ष्यका साथ अनुभवी र दक्ष व्यक्तिहरूको व्यवस्थापनमा नेपालमा नै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड स्थापना गरेका छौं । बढीभन्दा बढी पर्यटक नेपाल भित्राउने र नेपालीहरूको लागि बाह्यभ्रमण प्रबन्धन गर्ने लक्ष्यका साथ स्थापना गरिएको गुरु ट्राभल्स लिमिटेडको औपचारिक समुद्घाटन नेपाल सरकारका माननीय उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषालज्यू बाट आज सुसम्पन्न भएको छ ।

नेपालको पर्यटनमा “वान विन्डो सर्भिस” उपलब्ध गराउने प्रमुख उद्देश्य लिई गुरु ट्राभल्स लिमिटेड स्थापित भएको छ । हाल यस संस्थामा ६० जना भन्दा बढी उद्यमी व्यवसायीकोे प्राथमिक लगानी रहेको छ भने आगामी ३ वर्षभित्र सर्वसाधारणका लागि आइपीओमार्फत् शेयर खुल्ला गरिने उद्धेश्य लिइएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रु. १० करोड रहेको छ । सर्वसाधारण नेपालीका लागि पर्यटनमा पहुँच पुर्याई दीर्घकालीन रुपमा सबै नेपाली भूभागको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य यस ट्राभल्सको रहेको छ । सुरुवाती चरणमा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङ देखि ट्राभल र टुर प्याकेज बिक्रीको कार्य गर्नेछ, साथसाथै भिषा र यात्रासम्बन्धी सबै काम गर्नेगरी कार्य शुभारम्भ भएको छ ।

“यात्रामा लगानी गरौंः Invest on Traveling” नारा लिई हामीले भविष्यमा नेपाल भित्रने होटल चेन, यातायात प्रणाली तथा विदेशी हवाई कम्पनीको जनरल सेल्स एजेन्ट बन्ने लक्ष्य समेत राखेका छौं । यसका अतिरिक्त पर्यापर्यटन, आध्यात्मिक पर्यटन र राष्ट्रिय पर्यटनका पहिचाल बनेका सगरमाथा र लुम्बिनीलाई विश्वभर प्रबर्द्धन गरी नयाँनयाँ गन्तब्यहरु विकसित गर्दैजाने योजना बनाएका छौं । पर्यटनमा उच्च ब्यवसायिक पद्धति र अत्याधुनिक प्रविधि प्रयोग गर्दै नेपाली सीप, श्रम र पूँजीको अधिकाधिक परिचालन गरी विभिन्न पर्यटकीय पूर्वाधारहरुमा लगानी गर्दैजाने समेत सोच रहेको छ । कोरोनाले प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनः स्थापित गर्दै सबैसँग हातेमालो गर्दै विदेशी मुद्रा आर्जन गरी नेपालको पर्यटनलाई विश्वसामु अझ परिचित गराउने लक्ष्य समेत यस कम्पनीको रहेको छ ।

नेपालको पर्यटनलाई प्रबर्द्धन गर्न यस क्षेत्रमा कार्यरत पत्रकारहरूको पनि प्रमुख भूमिका रहेकोले गुरु ट्राभल्स लिमिटेडले लिएको लक्ष्य पूरा गर्न यहाँहरूको सहयोग र साथ रहने छ भन्दै आफ्नो यस कार्यक्रमको समाचार प्रसारण तथा प्रेषित गरी सहयोग गरिदिनुहुन समेत अनुरोध गर्दछु ।

विज्ञान राज शर्मा

अध्यक्ष

गुरु ट्राभल्स लिमिटेड

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022